
इंग्लिस प्रियमर लिग (इपिएल)को साबिक उपविजेता म्यानचेस्टर सिटीले उल्भ्सलाई ३–१ ले हराएको छ ।
सिटीले उल्भ्सको घरेलु मैदानमा पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । सिटीले २०औँ मिनेटमै अग्रता लिएको हो ।
केभिड डे ब्राएनले सिटीलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३२औँ मिनेटमा फिल फोडेनले सिटीलाई २–० को अवस्थामा राखे ।
दोस्रो हाफमा उल्भ्सले सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ७८औँ मिनेटमा जिमिनेजले उल्भ्सलाई २–१ को अन्तरमा झारे । तर, इन्जुरी समयमा ग्राबिएल जिजसले सिटीलाई ३–१ को जित पक्का पारे ।
उल्भ्सले पहिलो खेलमा जित निकालेको थियो । यता सिटीले आफ्नो पहिलो खेलमा तीन अंक पक्का पाऱ्याे ।
इपिएलको अर्को खेलमा एस्टोन भिल्लाले सेफिल्ड युनाइटेडलाई १–० ले हराउँदा कोन्साले खेलको ६३औैँ मिनेटमा निर्णायक एक मात्र गोल गरेका थिए । यसअघि खेलको १२औँ मिनेटमा जोन रोले रातो कार्ड पाउँदा सेफिल्ड दश खेलाडीमा सीमित भयो ।