मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७७ असोज ५ सोमबार ०९:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

इम्युनिटी पावर बढाउन भिटामिन सी र डी

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७७ असोज ५ सोमबार ०९:०२:००

शरीरमा भिटामिन डी कम हुँदा संक्रामक रोग लाग्ने सम्भावना बढी हुने गर्छ । सामान्यतः भिटामिन डी र सी कमी भएका व्यक्तिमा प्रतिरोधी क्षमतामा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ ।

भिटामिन डी एकदमै कम खाद्यवस्तुमा पाइन्छ । माछा, पनिर, अन्डाको सेतो भागजस्ता खाद्यान्नबाट भिटामिन डी उपलब्ध हुन्छ । यस्तै, सूर्यबाट निस्कने युभी किरणबाट पनि भिटामिन डी उपलब्ध हुन्छ । भिटामिन डीले शरीरमा हाडजोर्नी बलियो बनाउन, सुजन कम गर्न र प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

सामान्यतः शरीरमा भिटामिनको कमी हुँदा सप्लिमेन्ट प्रयोगमा ल्याउने विषयमा निकै भ्रम रहेको पाइन्छ । कतिपय अवस्थामा खाद्यवस्तुबाटै परिपूर्ति गर्न सकिने भिटामिनका लागि पनि सप्लिमेन्ट प्रयोगमा ल्याउँदा स्वास्थ्यका लागि प्रतिकूल मानिँदैन । तर, अधिकांशले आफ्नो शरीरलाई चाहिनेभन्दा बढी सप्लिमेन्टको प्रयोग गरिरहेको पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

पछिल्लो समय बिएमजीले करिब साढे एघार हजारजनामा गरेको अध्ययनअनुसार भिटामिन डीको सप्लिमेन्ट प्रयोग गरिरहेका व्यक्तिमा अन्य व्यक्तिभन्दा संक्रमणको दर न्यून रहेको पाइएको थियो । खासगरी भिटामिन डिफिसियन्सी भएका व्यक्तिहरूका लागि सप्लिमेन्टको प्रयोग निकै प्रभावकारी रहेको पाइयो । दैनिक वा हप्तामा भिटामिन डी सप्लिमेन्ट प्रयोग गर्ने व्यक्तिमा श्वासप्रश्वासको समस्याको जोखिम न्यून रहेको थियो । 

प्रतिरोधी क्षमता बलियो बनाइराख्न भिटामिन सीले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पानीमा घुलनशील भिटामिन सी सुन्तला, कागती, ब्रोकाउली, गोलभेँडाजस्ता तरकारीमा उपलब्ध हुन्छ । यो एउटा एन्टिअक्सिडेन्ट हो, जसले प्रतिरोधी क्षमता बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । विभिन्न अध्ययनअनुसार भिटामिन सी सप्लिमेन्ट लिने वयस्कहरूमा चिसो अर्थात् रुघाखोकीको जोखिम ८ प्रतिशत र बालबालिकामा १४ प्रतिशत कम हुने गर्छ, जुन भिटामिन डी लिने व्यक्तिमा पनि देखिने गर्छ । 

 एजेन्सीको सहयोगमा