मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आवेश तिवारी
२०७७ असोज ४ आइतबार ०८:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आडवाणीको ब्लग भाजपाले बन्द गरिदिएको हो ?

Read Time : > 2 मिनेट
आवेश तिवारी
२०७७ असोज ४ आइतबार ०८:०६:००

आडवाणीजीको ब्लगबाट ती सबै थोक हटाइएका छन्, जुन उनले मोदी सत्तामा आएपछि संग्रहित गरेका थिए

देशका पूर्वउपप्रधानमन्त्री तथा भाजपा नवनिर्माणका महारथी मानिने लालकृष्ण आडवाणी के हिजोआज आरामै छन् ? के हिजोआज उनलाई बोल्न रोक लगाइएको छ र ? आडवाणी कार्यक्रममा कम देखिन र कम बोल्न थालेदेखिको यो समयमा एउटा ठूलो कुरा घटित हुन पुगेको छ, जसबारे देश हालसम्म अनभिज्ञ छ । आडवाणीजीको ब्लग र त्यो ब्लग पोस्ट इन्टरनेटबाट हराउन पुगेको छ, जसमा उनले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई कठघरामा उभ्याएका थिए । उनको त्यो लेखको निकै चर्चा भएको थियो । यो कुरा सुन्दा अलिक अनौठो लागे पनि साँचो कुरा के हो भने आडवाणीजीको ब्लग पिमखबलष्।ष्ल लाई यसै वर्षको मेदेखि बन्द गरिएको छ । यदि तपाईंले आडवाणीजीको ब्लग अहिले पढ्न चाहनुहुन्छ भने त्यो सम्भव छैन र खोज्दा पनि भेटिँदैन । यो पढ्नका लागि तपाईंले कुनै थर्ड पार्टी टुल्सको सहयोग लिनुपर्ने हुन्छ ।

आडवाणीजीको ब्लग नखुल्नुको अर्थ उनका सबै लेख हराउनु मात्रै होइन । यो सवाल पटक–पटक उठ्ने गर्छ कि आडवाणी मौन किन छन् ? वास्तविकता के हो भने आडवाणीजी कम बोल्ने मात्र होइन कि अब त उनी सार्वजनिक कार्यक्रममा पनि कम देखिन थालेका छन् । हो, प्रधानमन्त्री मोदीले मार्च महिनामा थाल ठटाउन र बत्ती बाल्न भनेपछि उनको तस्बिर पक्कै बाहिर आएको थियो । राममन्दिरको भूमि पूजा कार्यक्रममा पनि टेलिफोनबाट उनलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको थियो, तर आयोजकका अनुसार उनी कोरोना संक्रमणका कारण आउन सकेनन् । हालै पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनपछि उनको भनाइ सतहमा देखा परेको थियो, तर त्यो निकै नापी–तौली बोलिएको थियो । 

अहिले के भनिँदै छ भने बाबरी मस्जिद ढालेको आरोपमा आडवाणी आगामी ३० सेप्टेम्बरमा सिबिआईको विशेष अदालतमा उपस्थित हुन सक्छन् । उनीसहित त्यो मुद्दामा ३२ जना आरोपीलाई न्यायालयले सजाय सुनाउनेछ । तर, आडवाणीजीको ब्लग नभेटिने भएसँगै एउटा कुरा के स्पष्ट भएको छ भने आडवाणी कम बोल्ने र देखिने मात्र होइन कि उनले केही भन्न पनि छाडिसकेका छन् । अथवा के भनौँ भने उनलाई कसैले बोल्न रोकिरहेको छ । 

आडवाणीजीले भनेका थिए, निजी तथा राजनीतिकस्तरमा प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर पार्टी प्रतिबद्ध छ, तर दुःखको कुरा उनकै अभिव्यक्तिको माध्यम ब्लग बन्द गरिएको छ
 

इन्टरनेटको सहयोगले आडवाणीजीको ब्लगको सुरक्षित पेज हेर्ने हो भने त्यस आर्काइवमा आडवाणीजीको ब्लगबाट ती सबै थोक हटाइएका छन्, जुन उनले मोदी सत्तामा आएपछि संग्रहित गरेका थिए । यस्तोमा प्रश्न उठ्छ, त्यस्तो के थियो, जसका कारण उनको ब्लग मात्र होइन कि पोस्ट पनि हटाइयो, जसमा उनको लेख मात्रै होइन कि समग्र राजनीतिक जीवनको कथा पनि संग्रहित थियो । महत्वपूर्ण कुरा के हो भने आडवाणीजीको ब्लग बिजेपीको मिडिया सेलले सम्हाल्ने गर्छ । यो कुरा आफँैमा अनौठो हो कि बिजेपीको वेबसाइटमा उनको ब्लगको लिंक अझै पनि भेट्न सकिन्छ । अब के प्रश्न उठ्छ भने के बिजेपीको संगठनले मिडिया सेललाई यो ब्लग हटाउन आदेश दियो कि आडवाणी आफैँले यो ब्लग बन्द गरिदिए ।

हामीले आडवाणीजीको ब्लग बन्द भएको विषयलाई फेददेखि नै मसिनो गरी अनुसन्धान गर्ने प्रयास गर्‍यौँ । हामीले यसका लागि धबथदबअप mबअजष्लभ नामको वेबसाइटको सहारा लियौँ, जसले वेबसाइटको पुराना पेजलाई सुरक्षित राख्ने गर्छ । तथ्यांकले के देखाउँछ भने वेबसाइटको ड्यासबोर्डलाई अन्तिमपटक २४ मे २०२० मा अपरेट गरेर वेबसाइटको सामग्रीलाई सुरक्षित गरिएको छ । ध्यान दिनुपर्ने कुरा छ कि आडवाणीजीले अन्तिम ब्लग लोकसभा निर्वाचनको पहिलो चरणभन्दा ठ्याक्कै पहिले ४ अप्रिल २०१९ मा लेखेका थिए । ‘नेसन फस्र्ट, पार्टी नेक्स्ट, सेल्फ लास्ट’ शीर्षकको ब्लगमा उनले के भनेका थिए भने हामीले असहमति राख्नेहरूलाई कहिल्यै पनि राष्ट्रविरोधी भनेका छैनौँ । अब यो ब्लग तपाईंले खोजेर पनि पाउनुहुन्न । यो ब्लगको तारिफ स्वयं प्रधानमन्त्री मोदीले गरेका थिए । यसअघि अप्रिल २०१४ मा मोदी प्रधानमन्त्री बन्नुभन्दा अघिको ब्लग पोस्ट पनि अब अर्काइवमा मात्रै हेर्न सकिन्छ । अहिलेसम्म आडवाणीको ब्लगको नाम सुरक्षित राखिएको छ, तर ब्लगको होस्टिङ सर्वरले काम गरिरहेको छैन । 

आडवाणीजीले आफ्नो अन्तिम ब्लगमा लेखेका थिए, देशमा र पार्टीभित्र लोकतन्त्र र लोकतान्त्रिक परम्पराको रक्षा भारतका लागि गर्वको कुरा हो । त्यसैले भाजपा मिडियासहित सबै लोकतान्त्रिक संस्थाको स्वतन्त्रता, अखण्डता, निष्पक्षता र त्यसको बलियोपनाको पक्षमा सबैभन्दा अघि उभिएको हो । भुल्नु हुँदैन कि वर्तमान समयमा मिडियाको स्वतन्त्रताका साथ–साथ लोकतान्त्रिक परम्परालाई नोक्सान पु¥याउने र त्यसलाई प्रयोग गर्नेहरूविरुद्ध भाजपाले घोर आलोचना गर्दै आएको छ । आडवाणीजीले अगाडि भनेका थिए, निजी तथा राजनीतिकस्तरमा प्रत्येक नागरिकको अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर पार्टी प्रतिबद्ध छ । तर, दुःखको कुरा उनकै अभिव्यक्तिको माध्यम उनको ब्लग बन्द गरिएको छ । 

(लेखक स्वतन्त्र पत्रकार हुन्)
मिडिया भिजिलबाट