१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ३ शनिबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ असोज ३ शनिबार o९:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब आन्तरिक उडानमा शतप्रतिशत यात्रु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ असोज ३ शनिबार o९:१६:oo

आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले शतप्रतिशत सिट क्षमतामै यात्रु उडाउन पाउने भएका छन् । शुक्रबार पर्यटन मन्त्रालयमा बसेको बैठकले पूर्ण सिट क्षमतामा नै उडान गर्न दिने निर्णय गरेको हो ।

गत सोमबार मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर ५ असोजबाट उडान गर्न अनुमति दिने निर्णय गरेपछि एयरलाइन्स कम्पनीहरूले विरोध जनाउँदै उडान नै नगर्ने चेतावनी दिएका थिए । 

मन्त्रालयले संघको मागबमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुनः मन्त्रिपरिषद् पुर्‍याएको थियो । बिहीबारको मन्त्रिपरिषद्ले शतप्रतिशत यात्रु राख्ने अनुमति दिएको थियो । सहमतिसँगै एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि देशभरका विमानस्थलमा उडान गर्नेछन् । सुरुमा सरकारले सामान्य अवस्थाको २५ प्रतिशत मात्र उडानतालिका दिने भएको छ ।