१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ ३१ बुधबार
  • Sunday, 06 July, 2025
एजेन्सी
२o७७ भदौ ३१ बुधबार ११:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२४ पेनाल्टी प्रहारपछि बर्नेमाउथको जित

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ भदौ ३१ बुधबार ११:४o:oo

बर्नेमाउथले मंगलबार राति कारबाओ कप फुटबल प्रतियोगितामा सनसनी जित निकालेको छ । 

प्रतियोगिताको दोस्रो चरणमा बर्नेमाउथले क्रिस्टल प्यालेसलाई  ११–१० को पेनाल्टी सुटआउटमा पराजित गऱ्याे ।

नाटकीय र रोमाञ्चक पेनाल्टीमा प्राप्त सफलतापछि बर्नेमाउथले तेस्रो चरणमा म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यस खेलमा खेलाडीले २४ पेनाल्टी प्रहार गरेका थिए । निर्धारित समयमा दुवै टोलीका खेलाडीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफनो पेनाल्टीबाट भएको हो । 

बर्नेमाउथ र प्यालेसका दश–दश खेलाडीले सुरुवाती गोल गर्दा पेनाल्टी सुटआउट १०–१० को स्थितिमा पुग्यो । त्यसपछि ११औँ प्रहार दुवै टोलीका गोलरक्षकले गरेका थिए । 

संयोगवश दुवै गोलरक्षकले गोल गर्न सकेनन् । त्यसपछि बर्नेमाउथका डेभिड ब्रुक्स १२औँ पेनाल्टी प्रहार गर्न आए । 

उनको प्रयासलाई प्यालेसका गोलरक्षकले बचाउन सकेनन् । प्यालेसका लुका भिलिभोजेभिकले पेनाल्टी मिस गरेपछि बर्नेमाउथ अघिल्लो चरणमा पुग्यो । 

यसैगरी न्युकासलले युनाइटेड रोभर्सलाई १–० ले हराएको छ । 

वेस्टहामले चाल्टनलाई ३–० ले निराश पाऱ्याे । एस्टन भिल्लाले बुर्टोनमाथि ३–१ को जित निकाल्यो । कारावाओ कपको दोस्रो चरणमा कीर्तिमानी जित निकालेको बर्नेमाउथले प्रतिस्पर्धामा १७ गोलका लागि प्रयास गरेको थियो । 

यसको विपरीत प्यालेसले चारपटक मात्र गोलका लागि सट प्रहार गर्न सफल भयो । 

प्रतिस्पर्धामा एक गोल नभएको होइन । तर, सो गोल अफसाइडका रूपमा रह्याे । बर्नेमाउथका साम सुरिगको गोल अफ साइड घोषित भयो । 

तेस्रो चरणमा म्यानचेस्टर सिटी प्रतिद्वन्द्वीका रूपमा पाएपछि बर्नेमाउथका प्रशिक्षक जासन टिन्डलले भने, ‘एक व्यवस्थापक तथा खेलाडीको नजरमा हेर्दा सिटी प्रिमियर लिगकै उत्कृष्ट टोलीमा पर्छ, यस टोलीविरुद्ध हामी शतप्रतिशत मिहिनेत गर्छौँ र नतिजा पनि निकाल्ने प्रयास गर्छौँ ।’ 

सिटीविरुद्धको प्रतिस्पर्धा आफूहरूलाई कठिन हुने उनले बताए । 

भन्छन्, ‘त्यो खेल वास्तवमै कठिन हुनेछ, किनभने हामी उत्कृष्ट टोलीविरुद्ध खेल्न गइरहेका छौँ, खेलाडीहरूले अनुभव बुटल्ने अवसर पाउनेछन्, विशेषतः युवा खेलाडीले स्टार खेलाडीको कला देख्न पाउनेछन् ।’

पेनाल्टी सुटआउटमा पराजित भएपछि प्यालेसका प्रशिक्षक रोय होडसनले दुवै टोलीका खेलाडीले पेनाल्टी सुटआउटमा राम्रो प्रदर्शन गरेको बताएका छन् । उनले खेलाडीकै उत्कृष्ट प्रदर्शनका कारण पेनाल्टी ऐतिहासिक बन्न पुगेको बताए । 

‘प्रत्येक पेनाल्टी पर्फेक्ट थियो, म दुवै टोलीका खेलाडीलाई बधाई दिन चाहन्छु, उनीहरूले वास्तवमै अति सुन्दर पेनाल्टी प्रहार गरेका थिए, तर अन्तिममा हामीले एउटा पेनाल्टी चुकायौँ, बर्नेमाउथ अगाडि बढ्यो,’ होड्सनले भने, ‘म्यानचेस्टर सिटीविरुद्धको खेलमा बर्नेमाउथलाई जितको बधाई दिन चाहन्छु ।’