मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकद्वारा स्क्यान एन्ड विथड्र सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०६:१८:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यले स्क्यान एन्ड विथड्र सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने व्यवस्था बैंकले सुरु गरेको हो । 

हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरबारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको जनाइएको छ । निकट भविष्यमा नै यस सेवालाई देशभरिका अन्य शाखाबाट समेत प्रदन गर्ने गरी काम भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

नयाँ प्रविधिलाई आत्मसात् गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ यो सेवा प्रयोगमा ल्याएको उनले बताए । 
बैंकले देशैभरि फैलिएका १ सय १० शाखा, ९८ एटिएम र १ सय ४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।