१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा कोरोना संक्रमित पुरुषको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२४:oo

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गुमेको छ । 

योसँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गुमेको छ । 

मणिपाल मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार राति ११ः२० बजे उनको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।  

ती वृद्धमा २८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनी क्यान्सरको बिरामी रहेको निर्देशनालयका निर्देशक डा. शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

ad
ad