Skip This
ad
कोरोना संक्रमित थप ६ जनाको मृत्यु, हालसम्म तीन सय १२ जनाले संक्रमणबाट ज्यान गुमाए 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप ६ जनाको मृत्यु, हालसम्म तीन सय १२ जनाले संक्रमणबाट ज्यान गुमाए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:४४:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् ।

काठमाडौंका ६७ वर्षीय पुरुष र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कास्कीकी ७३ वर्षीया महिला, बाँकेकी ८० वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, नवलपरासीका ६४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 
 

ad
ad