१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तेस्रो चरणको मतदानअन्तर्गत मंगलबार गुजरातको अहमदाबादस्थित एक मतदान केन्द्रमा मतदानपछि प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : एजेन्सी
एजेन्सी नयाँदिल्ली
२o८१ जेठ ६ आइतबार १o:११:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

लोकसभाका ९२ सिटका लागि तेस्रो चरणको मतदान सम्पन्न

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:११:oo

भारतमा मंगलबार लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान सम्पन्न भएको छ । तेस्रो चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्य प्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव भएको हो । 

यस चरणमा १२० जना महिलासहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता मंगलबारको निर्वाचनमा सहभागी भए, जसका लागि एक लाख ८५ हजार मतदान स्थल रहेको थियो । मंगलबारका लागि तय भएको जम्मु–कास्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको छ । उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदावादस्थित निसान माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरे । यसअघि प्रधानमन्त्री मोदीले आमजनतालाई तेस्रो चरणको मतदानमा सक्रिय र व्यापक रूपमा सहभागी हुन आह्वान गरेका थिए । तेस्रो चरणको निर्वाचनमा केही विशिष्ट व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने गृहमन्त्री अमित शाह गुजरात राज्यको गान्धीनगर सहरबाट पुनः चुनाव लडिरहेका छन् ।

त्यस्तै मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्विजय सिंह, मन्त्रीहरू ज्योतिरादित्य सिन्धिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सुप्रिया सुले समेतका नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । सिन्धिया ग्वालियर राज्यका अन्तिम शासकका नाति हुन् । त्यसैगरी परफ्युम ब्रान्ड अजमलका मालिक बद्रुद्दिन अजमल उत्तरपूर्वी राज्य असमको धुबरीबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

यसअघि सन् २०१९ को चुनावमा मंगलबार भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो । सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखबाट सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ । चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रोपटक विजय हासिल गर्ने गरी प्रचार गरिरहेको छ । 

औसतभन्दा कम मतदाताको उपस्थिति, मुस्लिमविरोधी घृणायुक्त भाषण र निर्वाचन आयोगको पक्षपातको आरोपबीच विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास यसअघि दुई चरण (अप्रिल १९ र २६ ) मा सम्पन्न भइसकेको छ । अन्तिम चरणको निर्वाचन जुन १ मा हुँदै छ । निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक २६ दलको गठबन्धनले मोदीको भाजपा नेतृत्वको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) लाई पराजित गर्ने आशा राखेको छ । मुद्रास्फीति र बढ्दो बेरोजगारबीच मोदीको व्यक्तिगत लोकप्रियता यथावत् रहेको सर्वेक्षणले देखाएको छ ।

गत लोकसभा चुनावमा कंग्रेसले अहिलेको इन्डिया गठबन्धनसँग सम्बद्ध दलहरू र तत्कालीन कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ९३ सिटमध्ये ११ सिट जितेका थिए । भाजपा र एनडिएसँग सम्बद्ध दलहरूले सन् २०१९ मा ८० सिट जितेका थिए । 

ad
ad