१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
प्रेम गौतम काठमाडाैं
२o८१ जेठ ६ आइतबार o९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुवै जसपा सरकारमा 

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:४२:oo

विभाजित दुवै जसपा पक्षले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित सात सांसदले आइतबार पार्टी विभाजन गरेका थिए ।

सोमबार राति नेपाल आइपुगेका यादवले मंगलबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । प्रचण्डसँगको छलफललगत्तै बैठक राखेर यादवले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेका छन् ।

पार्टी विभाजन हुँदा यादव विदेशमा थिए । जसपा नेपालबाट अध्यक्ष यादव उपप्रधानमन्त्री एवंं स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् भने दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री छन् । यसअघि नवगठित जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

नयाँ पार्टीका नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री छन् । जसपा नेपालका प्रवक्ता मनीष सुमनले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय भएको बताए । 

जसपा नेपालले पार्टी विभाजनलगायतका विषयमा धारणा सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । १२ सांसद रहेको जसपा नेपालमा विभाजनपछि पाँच सांसद मात्रै भएका छन् । 

अर्कोतर्फ नवगठित जसपा संसदीय दलको नेतामा अशोक राई चयन भएका छन् । सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले राईलाई नेता चयन गरेको सांसद रञ्जुकुमारी झाले बताइन् । उनका अनुसार नवलकिशोर साह सुडी उपनेता चयन भएका छन् । प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी छ । संसदीय दलको बैठक बुधबार पनि बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले जसपा विभाजनमा आफ्नो कुनै भूमिका नरहेको दाबी गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा प्रचण्डले पार्टी विभाजित भएकोमा दुःख लागेको बताएका हुन् ।

ad
ad