१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २३ मंगलबार
  • Saturday, 21 September, 2024
२o७७ भदौ २३ मंगलबार १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाका कारण घर भत्किँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २३ मंगलबार १o:२३:oo

अविरल वर्षाका कारण कास्कीमा घर भत्किँदा एकजनाको मृत्यु भएकाे छ । कास्कीको रूपा गाउँपालिका– ६ मा काजी विकको घर भत्किँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएकाे हाे ।

ढुंगामाटोले बनेको घर वर्षाका कारण बिहान ४:३५ बजे भत्किएको हो । प्रहरी चौकी भिरचोकबाट प्रहरी सहायक निरीक्षक तुलबहादुर गुरुङको नेतृत्वमा गएको प्रहरी टोली र सिसुवाबाट गएको थप प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियोे । 

प्रहरी र स्थानीयको सहयोगमा सिर्जनाको शव निकालेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनका अनुसार उक्त स्थान इलाका प्रहरी कार्यालय सिसुवाबाट १५ किलोमिटर र प्रहरी चौकी भिरकोटबाट सात किलोमिटर पूर्व रहेको प्रहरीले जनाएको छ ।