१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ भदौ १२ शुक्रबार १६:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संखुवासभामा पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ भदौ १२ शुक्रबार १६:४०:००

संखुवासभा जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक साताको लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको छ । 

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि आगामी १८ भदौकाे राति १२ बजेसम्मका लागि संखुवासभा जिल्लामा निषेधाज्ञा जारी गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । 

छिमेकी जिल्लाहरूका साथै संखुवासभामा समेत कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताए । 

उनको अनुसार विनाकाम घरबाहिर ननिस्कन, विद्यालय तथा क्याम्पस बन्द, होटेल रेन्टुरेन्ट बन्द, भेला–जुलुस नगर्न आह्वान गरिएको छ । 

शुक्रबार दुईजना संक्रमित थपिए
संखुवासभामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका दुईजनामा कोरोना संक्रमण देखिएको छ । 

३३ वर्षीया महिला र २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । 

हाल संखुवासभाको हिमालय किरण क्याम्पसको आइसोलेसनमा १० जना संक्रमितको उपचार भइरहेकाे छ भने पाँचजना निको भएर घर फर्किसकेका छन् ।