१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार २०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलमा ५ र डिजेलमा २ रुपैयाँ मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार २०:५६:००

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको हो ।

मूल्यवृद्धि मंगलबार राति १२ बजेपछि लागू हुनेछ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्यसूचीका आधारमा मंगलबार रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि निगमलाई आगामी १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुनेछ । आयल निगमले पेट्रोलमा १६ पैसा नोक्सान तथा डिजेलमा १.५ रुपैयाँ नाफा राखेर मूल्यवृद्धि गरेको हो ।