१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १२ शुक्रबार १५:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थायी समिति बैठकमा सीमा समस्याको एजेन्डामा छलफल, एक दर्जन नेताले राखे धारणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १२ शुक्रबार १५:०८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा सीमा समस्या र समाधानको एजेन्डामा एक दर्जन नेताहरूले धारणा राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार बैठकमा अहिलेसम्म  नेताहरू अमृत बोहरा, प्रदीप ज्ञवाली, लीलामणि पोखरेल, पम्फा भुसाल, बेदुराम भुसाल, घनश्याम भुसाल, मातृका यादव र रघुवीर महासेठलगायतका नेताहरूले धारणा राखेका छन् ।

‘अहिलेसम्म सीमा समस्या र समाधानको एजेन्डामा करिब एक दर्जन नेताहरूले आफ्नो धारणा राख्नुभएको छ,' भट्टराईले भने । एउटा एजेन्डामा छलफल गर्दा एकजनालाई १० मिनेटका दरले भनाइ राख्न दिइएको छ ।

प्रधानमन्त्री केपी ओली विशेष कारण जनाउँदै बैठकमा अनुपस्थित भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने बैठककाे मोडालिटी सच्याएर स्थायी समिति सदस्यहरूलाई बोल्न दिइएको छ । बैठक अहिले जारी छ ।