१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १४:१८:००
Read Time : < 1 मिनेट
विश्व

कोरोनाविरुद्ध गाईको मलमूत्र, दूध र घ्यूबाट बनेको ‘पञ्चगव्य’ भारतका दश अस्पतालमा परीक्षण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १४:१८:००

विश्व कोरोना भाइरसविरुद्धको औषधिका लागि कुरिरहेको छ । कैयौँ वैज्ञानिक अनुसन्धानकर्ताहरू कोरोनाविरुद्धको खोपको विकासको दौडमा छन् ।

भारतमा कोरोनाविरुद्ध आयुर्वेदिक औषधिको पनि परीक्षण हुने भएको छ ।

भारतको केन्द्रीय सरकारअन्तर्गतको राष्ट्रिय कामधेनु आयोगले गाईको दूध, नौनी, घ्यू, गोबर र पिसाबबाट बनेको पञ्चगव्यको क्लिनिकल परीक्षण गर्ने भएको हो ।

आयोगका अध्यक्ष डा. बल्लभ कथिरियाले एलोपेथिक औषधि परीक्षणका लागि तयार पारिएको प्रोटोकलका आधारमा पञ्चगव्यको परीक्षण गरिने बताएका हुन् ।

भारतमा शताब्दीऔँदेखि पञ्चगव्यको महत्व मानिँदै आएको छ । 

भारतको वर्धा, पुने, हैदरावाद, जोधपुर, गुजरातका १० अस्पतालमा पञ्चगव्यको परीक्षण कोरोना संक्रमितमा गरिने भएको हो ।

विभिन्न रोगको सिकार भएका धेरै मानिस पञ्चगव्यको प्रयोगपछि रोग निको भएको बताउँछन् । यसकारण भारतमा यसको प्रयोग अधिक हुने गर्छ ।

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा सिंह ठकुरीले आफ्नो स्तन क्यान्सर पनि पञ्चगव्य र गौमूत्रको सेवनले निको भएको बताएकी थिइन् ।

(एजेन्सी)