१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ १२ सोमबार १३:१७:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन अनुगमनमा खटिएका प्रहरी हवल्दारको ट्रकको ठक्करबाट मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार १३:१७:००

पाँचथरकाे राँके बजारमा लकडाउन अनुगमनमा खटिएका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट मृत्यु भएको छ। सवारी आवागमनको अनुगमनका लागि सादा पोसाकमा खटिएका प्रहरी हवल्दार नवीन बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो। 

राससका अनुसार लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ जाँदै थिए। 

राँके बजारको चामु होटेलछेउमा बस्नेत सवार मे.११प ४६६ नम्बरको मोटरसाइकललाई झापाको बिर्तामोडबाट फिदिम आइरहेको मे.१ख १८६३ नम्बरको ट्रकले ठक्कर दिँदा बस्नेत गम्भीर घाइते भएका थिए। 

उपचारका लागि जिल्ला अस्पताल इलाम लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए। 

प्रहरी हवल्दार बस्नेत चिलिङदिन प्रहरी चौकी राँकेमा कार्यरत थिए। दुर्घटनापछि ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।