१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका हुम्ला
२०७६ चैत २२ शनिबार १५:२१:००
Read Time : > 1 मिनेट
समाचार

हुम्लाका अधिकांश क्वारेन्टाइन रित्तै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका हुम्ला
२०७६ चैत २२ शनिबार १५:२१:००

कोरोना भाइरसको संक्रमण फैलन नदिन हुम्लाका सात स्थानीय तहले एक सय १४ बेड क्षमताको क्वारेन्टाइनस्थल तयार गरेका छन् ।

जिल्लाबाहिरका काठमाडौं, नेपालगन्ज, सुर्खेत, बुटवललगायतका सहर र  मजदुरीका लागि भारतबाट हुम्ला फर्किएका आठ सय ३२ जना हुम्ला प्रवेश गरेका छन् । 

जिल्लाबाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल भने रित्तै छन् । 

सिमकोट गाउँपालिकमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म २८ जना बसेका छन् । 

उत्तरी नाम्खा गाउँपालिकामा केही व्यक्ति ६ देखि ७ दिनसम्म मात्र क्वारेन्टाइन बसेको र त्यसपछि घर फर्किएको स्थानीयले जनाएका छन् । क्वारेन्टाइनमा आधारभूत सुविधासमेत नभएपछि उनीहरू घर फर्किने गरेको स्थानीयको भनाइ छ ।

गाउँमा तयार पारिएका क्वारेन्टाइन खाली रहेको ताजाँकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए । भारतबाट दुईजना ताजाँकोटमा भित्रिएकोमा उनीहरू आफ्नै घरमा बसेका छन् । 

गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष मल्लले बताए । 

ती क्वारेन्टाइनमा हालसम्म कोही पनि नबसेको अध्यक्ष मल्लले बताए । 

जिल्लामा एक सय १४ क्वारेन्टाइनमध्ये ५० वटा क्वारेन्टाइन गाउँपालिकामा रहेका छन् । जसमध्ये ३१ वटा नाम्खा गाउँपालिकामा तयार गरिएको छ । 

अदानचुली गाउँपालिकमा २५ वटा र चंखेली गाउँपालिकामा दुई र खार्पुनाथमा तीन र ताजाँकोट गाउँपालिका चारवटा क्वारेन्टाइन तयार गरिएको छ । 

यसरी गाउँपालिकाहरूमा तयार पारिएका क्वारेन्टाइन खाली–खाली नै रहेका छन् । 

जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आ–आफ्नै घरमा बस्दै आएका छन् । 

सिमकोटमा निर्माण गरिएको ५० शैयाको क्वारेन्टाइनमा भने पूर्ण क्षमतामा सर्वसाधारण क्वारेन्टाइनमा बसेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमिक्त कार्यालय प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए ।