१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार १५:५४:००
Read Time : < 1 मिनेट
विश्व

इरानी विदेशमन्त्रीका सल्लाहकारको कोरोना भाइरसबाट निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार १५:५४:००

इरानी विदेशमन्त्रीका सल्लाहकार शोसेन शेखोसलमको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

कोरोना भाइरस संक्रमकै कारण उनको निधन भएको इराना न्युज एजेन्सीले जनाएको छ । उनी विदेशमन्त्री मोहम्मद जावद जरीफका सल्लाहकार थिए ।

इरानमा ३ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने १ सय ७ जनाको मृत्यु भइसकेको छ । जसमा ६ जना राजनीतिज्ञ रहेका छन् ।
सिरियाका राजदुतसमेत रहेका शेखोसलमले उपविदेशमन्त्रीको भुमिका समेत निभाएका थिए ।

इरानको गिलान प्रान्तमा कोरोनाबाट सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इरानका ३१ प्रान्तमा संक्रमण फैलिएको छ । त्यहाँका स्कुलहरु बन्द गरिएका छन् भने कार्य घण्टा पनि घटाइएको छ ।
(एजेन्सी)