१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ माघ १६ बिहीबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार

वडा कार्यालयमा आगजनी, सम्पूर्ण कागजात जलेर नष्ट

Read Time : < 1 मिनेट
२०७६ माघ १६ बिहीबार १७:०१:००

सल्यानको कपुरकोट गाउँपालिका ५ को वडा कार्यालयमा गय राति अज्ञात समूहले आगजनी गरेको छ । रिम शितल बजार नजिकै रहेको वडा कार्यालयको ढोकाको ताला फोडेर कोठामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

आगलागीबाट वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएको छ । बिहीबार बिहान १० बजे कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको वडा अध्यक्ष यम कुमार बस्नेतले जानकारी दिए । उनले भने,‘बिहान ढोका खोलेर हेर्दा ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटनाबारे थाहा पाउना साथ मैले प्रहरीलाई खबर गरे ।’

वडा कार्यालयमा आगो लगाउने समुहले एउटा ल्यापटप समेत चोरेर लगेको बताइएको छ । पन्जिकरणका सम्पुर्ण श्रेष्तासहितका महत्वपूर्ण कागजातहरु, डेक्स्टप कम्प्युटर एक थान, प्रीन्टर एक थान, सोफा सेट २ थान, घुम्ने कुर्सी ५ वटा, टेबुल ६ वटा, कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, २ वटा दराजलगायतका सामग्री पुर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताए ।

कार्यालयमा पेट्रोल लिएका बोतल पनि भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।