मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार ११:३४:oo

बिपी राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठजना घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका– ३, गणेशथानस्थित बिपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठजना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८:३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धार कार्यमा खटिएको थियो ।

प्रहरी टोलीले दुर्घटनामा घाइते भएका आठजनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरू सबै काभ्रेपलान्चोक बेथानचोक गाउँपालीिका निवासी रहेका छन् । घाइते हुनेहरूमा २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मीनामाया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् ।

उक्त जिपचालक काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका– ३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेकोले प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको  जनाएकाे छ । 

↑