मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
प्रभेजउद्दिन चौधरी
२o८३ असोज १४ बुधबार १o:५८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वका आधुनिक सहर पनि छन् बाढीको जोखिममा

Read Time : > 2 मिनेट
प्रभेजउद्दिन चौधरी
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १o:५८:oo
  • राम्रोसँग डिजाइन गरिएका व्यवस्थित सहर पनि वर्षा र जलवायुसम्बन्धी अन्य विपत्सामु निस्तेज हुन सक्छन् र भएका उदाहरण पनि छन्

गत आइतबार बंगलादेशको राजधानी ढाकामा नौ घण्टाको वर्षाका कारण सहरका अधिकांश भूभाग जलमग्न बने । सहरमा व्यापक पानी जम्मा हुँदा यसले जनजीवनमा ठुलो असर त गर्‍यो नै, सामान्य आवतजावत गर्नेहरूलाई पनि केही समय अलपत्र पार्‍यो । जब बाढी वा पानी जम्ने समस्या आउँछ, तब प्रायः हामी जनस्तरमा निराशा र आलोचना देख्छौँ । यसले भ्रष्टाचार, अपर्याप्त ढल निकास प्रणाली, सिमसार तथा प्राकृतिक जलमार्गको अतिक्रमण, फोहोर व्यवस्थापनमा कमजोरी र अव्यवस्थित सहरी विस्तारजस्ता कारणलाई औंल्याउँछ । यीमध्ये धेरैजसो चिन्ता जायज छन् र तिनको उचित सम्बोधन गरिनुपर्छ । साथै, हामीले यो पनि स्विकार्नुपर्छ कि विगतको तुलनामा पूर्वाधार विकासमा सुधार आएको छ र यो क्रम जारी छ । तैपनि, हामी किन उस्तै समस्या सामना गरिरहेका छौँ, जुन कहिलेकाहीँ पहिलेभन्दा थप गम्भीर हुने गर्छन् ?

यसैले जलवायु परिवर्तन र यसका पछिल्ला आयामबारे जानकारी राख्नु पनि महत्वपूर्ण छ । आर्थिक विकास र उन्नत पूर्वाधारले यी समस्यालाई पूर्ण रूपमा हटाउन सक्छन् भन्ने आमधारणा पाइन्छ । ढल निकास प्रणाली, सहरी योजना र जलवायु–अनुकूल पूर्वाधारमा लगानी निःसन्देह आवश्यक छ । तर, विकासले मात्र सहरहरूलाई तीव्र रूपमा परिवर्तन भइरहेको जलवायुको प्रभावबाट पूर्ण रूपमा जोगाउन सक्ने सोच्नु गलत हुनेछ । विकसित विश्वका सहरमा पनि प्रकोप ः विश्वका केही विकसित सहरमा हालै आएको बाढीले संकेत गर्छ कि उत्कृष्ट सहर पनि बाढीमा पर्न सक्छन् र यसले कसरी द्रुत गतिमा जलवायु ढाँचा परिवर्तन हुँदै छ र परम्परागत योजनासम्बन्धी धारणालाई चुनौती दिइरहेको छ भन्ने चित्रण गर्छ । २ सेप्टेम्बरमा टोरन्टोमा तीव्र वर्षापछि ठुलो बाढी आयो, जसले ढल निकाससम्बन्धी प्रणालीलाई डुबायो, यातायात सञ्जाल अवरुद्ध गर्‍यो र दैनिक जीवन कष्टकर बन्यो ।

सोही दिन चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका धेरै सहर मुसलधारे वर्षाले डुबानमा परे । सडकमा बगेको पानी सवारीसाधन बगाउन पर्याप्त शक्तिशाली थियो ।यस वर्ष न्युयोर्क सहर, फिलाडेल्फिया, वासिंटन डिसी र टोकियोमा पनि यस्तै बाढीका घटना रिपोर्ट गरिएका छन् । यसले देखाउँछ कि कुनै पनि सहर चरम मौसमको बढ्दो जोखिमबाट मुक्त छैन । अत्यधिक उन्नत र राम्रो स्रोतसाधन भएका सहरले विनाशकारी बाढीको सामना गरिरहनुको अर्थ तिनको योजना प्रणाली असफल भएको भन्ने होइन ।बरु, यसले एउटा नयाँ वास्तविकतालाई प्रकाश पार्छ– ऐतिहासिक जलवायु डेटा प्रयोग गरेर डिजाइन गरिएका धेरै पूर्वाधार प्रणाली अप्रचलित भएका छन् । मौसम प्रक्षेपणले बाढी मैदानको नक्सांकन र लचिलो पूर्वाधार डिजाइनमा महत्वपूर्ण भूमिका खेल्छन् । तैपनि, इतिहासको यस समयमा जलवायु प्रक्षेपण बढ्दो रूपमा कठिन हुँदै गइरहेका छन् । तसर्थ, आवास, सडक र पुलजस्ता भविष्यको विकास योजनाका लागि जलवायु परिवर्तन र यसको गतिशीलताको व्यापक बुझाइ आवश्यक पर्छ ।

हालै नेपालमा आएको विपत्ले यो स्पष्ट पारेको छ कि जलवायुसम्बन्धी विपत् हामीले कहिल्यै कल्पना नगरेका रूपमा देखा पर्न सक्छन् । संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ कि ‘एल निनो’जस्ता जलवायुसम्बन्धी प्राकृतिक घटनाले खडेरी, बाढी, अत्यधिक गर्मी, डढेलोजस्ता चरम मौसमी अवस्था निम्त्याउन सक्छन् । हामी ‘अति कम विकसित राष्ट्र’ हुनुका साथै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका मुलुकमध्ये एक हौँ । हरेक वर्ष, विशेषगरी चारदेखि पाँच महिना लामो मनसुनको समयमा, जलवायुजन्य घटनाबाट लाखौँ मानिस प्रभावित हुन्छन् । यस वर्ष दक्षिणी चटगाउँ, विशेषगरी बाँसखालीमा आएको बाढीले स्थानीय बासिन्दालाई ठुलो झट्का दियो । उनीहरूले कहिल्यै कल्पना गरेका थिएनन् कि वर्षाको पानीले तटीय क्षेत्रमा यस्तो विनाशकारी बाढीको अवस्था निम्त्याउन सक्छ ।

हामीले केवल सुशासन र पूर्वाधारका कमजोरीमा मात्र ध्यान दियौँ भने त्यो पर्याप्त हुनेछैन । राम्रोसँग डिजाइन गरिएका सहरी प्रणाली पनि अभूतपूर्व मात्रामा हुने वर्षा र जलवायुसम्बन्धी अन्य विपत्को अगाडि निस्तेज हुन सक्छन् र भएका पनि छन् । तसर्थ, हामीले बाढीलाई केवल इन्जिनियरिङको माध्यमबाट समाधान गर्न सकिने पूर्वाधारसम्बन्धी चुनौतीका रूपमा मात्र नभई तीव्र रूपमा परिवर्तन भइरहेको जलवायुसम्बन्धी चुनौतीका रूपमा पनि हेर्नुपर्छ ।

मानवीय इन्जिनियरिङ वा योजनामार्फत हरेक चुनौतीको स्थायी समाधान गर्न सकिन्छ भन्ने धारणाले हामीमा एउटा भ्रमपूर्ण आभास सिर्जना गरेको छ । वातावरणीय, सामाजिक र प्राविधिक अवस्था निरन्तर परिवर्तन भइरहने संसारमा, नीति तथा दीर्घकालीन योजना अपेक्षा गरिएभन्दा छिटो समयमै पुराना वा अप्रचलित हुन सक्छन् । यसैले, जलवायुसम्बन्धी शिक्षा र सचेतना हाम्रो सामूहिक भविष्यका लागि एक अपरिहार्य लगानी हो । जलवायु शिक्षा भनेको केवल ज्ञान आर्जन गर्नु मात्र होइन, यो त व्यक्ति, समुदाय र संस्थालाई यस्तो संसारमा अनुकूलन गर्न तयार पार्नु हो, जहाँ वातावरणीय परिवर्तन निरन्तर भए पनि अनिश्चित हुन्छ ।

(चौधरी वातावरण तथा जलवायुविज्ञ हुन्)
ढाका ट्रिब्युनबाट

↑