Skip This
डिम्याट खाता खोल्नेको संख्या ८१ लाख पुग्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज ११ आइतबार ११:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिम्याट खाता खोल्नेको संख्या ८१ लाख पुग्यो

७१.८६ लाख प्रयोगकर्ता मात्रै मेरो सेयरमा दर्ता, सूचीकृत सेयर २० अर्ब ४४ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार ११:o२:oo

पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या पनि वृद्धि हुँदै गइरहेको देखिएको छ । केन्द्रीय निक्षेप सेवा तथा व्यवस्थापन कम्पनी लिमिटेड (सिडिएससी)को पछिल्लो तथ्यांकअनुसार शनिबारसम्म ८० लाख ९५ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । 

सिडिएससीको तथ्यांकलाई हेर्दा डिम्याट खाता खोल्नेभन्दा मेरो सेयर प्रयोगकर्ता कम रहेका छन् । ८० लाख ९५ हजारले डिम्याट खोल्दा ७१ लाख ८६ हजार प्रयोगकर्ता मात्रै मेरो सेयरमा दर्ता छन् । यीमध्ये ५१ लाख २२ हजार मात्रै सक्रिय प्रयोगकर्ता हुन् । बाँकी २९ लाख ७२ हजार ९२७ प्रयोगकर्ता निष्क्रिय रहेको तथ्यांकले देखाएको छ । कुल मेरो सेयर खातामध्ये ७१.४० प्रतिशत सक्रिय रहेको देखिन्छ ।

एक सय २४ डिपी 
सिडिएससीका अनुसार हालसम्म एक सय २४ वटा अनुमतिप्राप्त डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) छन् । डिपीमार्फत लगानीकर्ताले डिम्याट खाता खोल्ने तथा निक्षेपसम्बन्धी सेवा लिने गर्छन् । 

यसका साथै ९२ वटा रजिस्टर्ड क्लियरिङ मेम्बर, ४९ वटा रजिस्ट्रार तथा ट्रान्सफर एजेन्ट (आरटिए), एक सय २४ वटा मेरो सेयरमा दर्ता भएका डिपी छन् । 

दुई सय ८५ कम्पनी र ६९ म्युचुअल फन्ड

तथ्यांकअनुसार दुई सय ८५ वटा कम्पनी दर्ता भएका छन् भने ६२ वटा म्युचुअल फन्ड र ८१ वटा बन्ड तथा डिबेन्चर सिडिएससीमा दर्ता भएका छन् । त्यस्तै, ४३ वटा बैंक–वित्तीय संस्था सहभागी छन् । 

२० अर्ब ४४ करोडभन्दा बढी सेयर डिम्याटमा 
पछिल्लो विवरणअनुसार कुल सूचीकृत सेयर भने २० अर्ब ४४ करोड ६ लाख २१ हजारभन्दा बढी छ । १९ अर्ब ५४ करोड ४९ लाख ११ हजार कित्ता सेयर प्रयोगकर्ताको डिम्याट खातामा रहेको सिडिएससीले जनाएको छ । डिम्याट खाता पुँजी बजारमा सेयर तथा अन्य धितोपत्र विद्युतीय रूपमा राख्न आवश्यक पर्छ । सिडिएससीले धितोपत्रको केन्द्रीय निक्षेप, अभिलेख व्यवस्थापन तथा कारोबारको राफसाफसम्बन्धी काम गर्दै आएको छ । 

↑