दुई महिनामा एक खर्ब भन्सार राजस्व संकलन

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्षको करिब दुई महिनाको अवधिमा एक खर्ब दुई अर्ब भन्सार राजस्व संकलन भएको छ । यो १ साउनदेखि ६ असोजसम्मको तथ्यांक हो। 

चालू आर्थिक वर्ष ०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेको छ। आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा लक्ष्यअनुसार नै भन्सार राजस्व असुली संकलन भइरहेको विभागले जनाएको छ। 

तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको विषम परिस्थितिका बिच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट असोज ६ गतेसम्म एक खर्बभन्दा धेरै राजस्व संकलन भएको विभागले जनाएको छ। 
 

सुझावित समाचार