मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Thursday, 17 September, 2026
अजित अधिकारी काठमाडौं
२o८३ असोज १ बिहीबार १९:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई दिनमा काठमाडौंका लागि ४६ ग्यास बुलेट भन्सार पास, सबैभन्दा धेरै श्री र एभरेस्टका

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार १९:३२:oo

वीरगन्ज भन्सारबाट बुधबार र बिहीबार गरी कुल ७४ वटा ग्यास बुलेट भन्सार जाँचपास भई नेपाल भित्रिएका छन्। त्यसमध्ये ४६ वटा ग्यास बुलेट काठमाडौं केन्द्रित उद्योगका छन्। यीमध्ये पनि सबैभन्दा धेरै श्री ब्रान्डका सिलिन्डरमा ग्यास भर्न ९ वटा र एभरेस्ट ब्रान्डका सिलिन्डरमा ग्यास भर्न ५ वटा बुलेट भित्रिएका छन्।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार बुधबार ३८ र बिहीबार ३६ वटा ग्यास बुलेट वीरगन्ज भन्सार जाँचपास भई नेपाल भित्रिएका हुन्। यीमध्ये अधिकांश काठमाडौं, ललितपुर, धादिङ, काभ्रे र चितवनमा रहेका उद्योगका लागि ग्यास लिएर आउने बुलेट हुन्। जसको प्रमुख बजार काठमाडौं उपत्यका हो।

‘ग्यास आयात क्रमशः बढेको छ। त्यसैले चाँडै आपूर्ती सहज हुन्छ,’ श्रेष्ठले भने। वीरगन्ज भन्सार पास भएका कतिपय बुलेट उद्योगमा पुगिसकेको र कतिपय बाटोमै रहेको उनले जानकारी दिए।

संघबाट प्राप्त तथ्यांकअनुसार दुई दिनमा बाबा, एचपी, सगर, नेपाल र श्रीराम ब्रान्डका सिलिन्डरमा ग्यास भर्नका लागि समान ३–३ वटा बुलेट भित्रिएका छन्। त्यस्तै, गीता, मनोज, साइबाबा र हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भर्न समान २–२ वटा बुलेट भित्रिएका छन्।

राजधानी, ओम, सुगम, श्रीकृष्ण, सूर्य, सीताश्री, भानु, नमस्ते र लोकप्रिय ब्रान्डको सिलिन्डरमा ग्यास भर्न १–१ वटा बुलेट भित्रिएका छन्।