छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानसेनापति सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्रीसँग भेटेका हुन्। भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धबारे छलफल भएको बताइएको छ।
सिग्देलले बुधबार नै चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुका साथै बेइजिङमा आयोजना भएको १३औँ बेइजिङ चियाङसान सम्मेलनको उद्घाटन सत्रमा समेत सरिक भएका थिए।