गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा झापासहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
झापामा श्रवणकुमार पोखरेललाई खटाइएको छ । त्यस्तै, बारामा खडानन्द अधिकारीको सरुवा भएको छ। गत महिनाको संगठन तथा व्यवस्थापन सर्वेक्षणमा नौ जिल्लामा सहसचिवको दरबन्दी कटौती गरेर उपसचिव रहने व्यवस्था गरिएकोमा त्यसको कार्यान्वयन गर्दै सहसचिवलाई हटाएर उपसचिवलाई खटाइएको छ।
कुन जिल्लामा को खटिए ?
झापा – श्रवणकुमार पोखरेल
सुर्खेत - महेन्द्रकुमार सापकोटा
बारा – खडानन्द अधिकारी
गोरखा - धर्मेन्द्रकुमार मिश्र
दोलखा - रेखा कँडेल
पर्वत - गंगाबहादुर क्षेत्री
रौतहट - लक्ष्मीप्रसाद पौडेल
डडेल्धुरा - बेदराज फुयाँल
जाजरकोट - नवराज बराल
भोजपुर - कुलशेखर अर्याल
खोटाङ - महेशकुमार गुरुङ
सल्यान - बन्दना केसी
म्याग्दी - गणेश गैरे
सरुवा सूचीः