मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
२o८३ भदौ १५ सोमबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतको मौका छोपेर मूल्य बढाउनेलाई कारबाही गर्न मन्त्री यादवको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार १८:३२:oo

उद्योगमन्त्री गौरीकुमारी यादवले विपतको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छिन्। 

सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले ठुला गोदामहरूसम्मै गएर अनुगमन गर्न निर्देशन दिइन्।

बजार अनुगमनलाई विशेष प्राथमिकताका साथ अघि बढाउन मन्त्रालयले १६ वटा अनुगमन टोली गठन गरेको छ। ती टोलीले दैनिक रूपमा बजार अनुगमन गरी त्यसको प्रतिवेदन मन्त्री यादवसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले अनुगमनका क्रममा उपभोक्तामाथि ठगी, कालोबजारी वा अत्यधिक मूल्यवृद्धि गरेको पाइएमा कसैको दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन निर्देशन दिएकी छिन्।

मन्त्री यादवले विगतका सरकार तथा अनुगमन प्रणालीमा देखिएका कमजोरी दोहोरिन नदिन कर्मचारीहरूलाई दृढताका साथ काम गर्न निर्देशन दिँदै प्रभावकारी अनुगमनका लागि बलियो टोली आवश्यक रहेको बताइन्।