१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३ शुक्रबार १४:०२:००
Read Time : < 1 मिनेट
साहित्य

पूर्व परराष्ट्रसचिव डा.भट्टराईको ‘परराष्ट्रका पात्र’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ३ शुक्रबार १४:०२:००

पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ बजारमा आएको छ । पुस्तकमा नेपालको परराष्ट्र मामिला विभिन्न कालखण्डको बारेमा उल्लेख छ । कसले, कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय हुँदै आयो ? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ? जस्ता कुराहरु पुस्तकमा समेटिएको छ । 

कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका भट्टराईले पुस्तक लेख्नुको उद्देश्य पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु रहेको बताए । 

पुस्तकमा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि सञ्चालकहरुका बारेमा पनि नयाँ तथ्य समेटिएका छन् । पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको बारेमा विश्लेषण गरिएको छ । 

पुस्तक किताब पब्लिसर्सले बजारमा ल्याएको हो ।