Skip This
चुलाचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुलाचुली गाउँपालिकाका इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार १४:१६:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटाैँ) डिल्लीराज खड्का र लेखा अधिकृत (आठौँ) मिलनकुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पुलको रिडिजाइन स्वीकृत तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन र पेस भएको बिल रकम भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उक्त घुस रकम माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ।