तथ्यांक नियमावली मन्त्रिपरिषदबाट स्वीकृत, विद्यार्थीलाई तथ्यांक शुल्क घट्यो
सरकारले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।
संशोधनअन्तर्गत तथ्यांक नियमावली, २०८० का विभिन्न पाँच नियम तथा अनुसूचीमा हेरफेर तथा थपघट भएको छ। जसमध्ये नियमावलीको नाम संशोधन गरी तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ कायम गरिएको छ।
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राडा केसी र सदस्यसचिवमा प्राडा श्रेष्ठ नियुक्त
विश्वविद्यालय अनुदान आयोगमा प्राडा खड्ग केसीलाई नियुक्त गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्राडा केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान रेक्टर हुन् ।
त्यस्तै आयोगको सदस्यसचिवमा प्राडा रोजी श्रेष्ठलाई नियुक्त गरिएको छ। प्राडा श्रेष्ठ नर्सिङ शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा कार्यरत रहँदै आएकी छिन्। उनले नर्सिङ विषयमा पिएचडीसमेत गरेकी छिन् ।
सरकारसँग सहमति भएसँगै काममा फर्किए नर्स
एक सातादेखि आन्दोलनमा उत्रिएका नर्स सरकारसँग सहमति भएसँगै नियमित कार्यमा फर्किएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नर्सहरूबिच बुधबार बिहान सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएर उनीहरू काममा फर्किएका हुन्।
नर्स ज्योति रानाभाट नर्सहरूका १५ सूत्रीय साझा मागसहित वीर अस्पतालमा अनशन बसेकी थिइन्। उनको अनशनमा ऐक्यबद्धता जनाउँदै देशभरका नर्सहरूले आन्दोलन थालेका थिए।
कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ६ उपसमिति गठन गरिएको छ। बुधबार प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले उपसमिति गठन गरी संयोजक तोकेको हो।
नवगठित अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’ छन् भने उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजक कैलाश केसी तोकिएका छन्।
यी हुन् बुधबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, पूर्वाधार, कानुन तथा राहतसँग सम्बन्धित सातवटा निर्णय गरेको छ।बैठकले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा यांकी उक्याब, काठमाडौंलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको छ।
टुकुचाको पानी शुद्धीकरण गरी बागमतीको गुणस्तर सुधार गर्ने परियोजना अघि बढ्दै (फोटोफिचर)
बागमती नदीको पानीको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ टुकुचा खोलाको पानी शुद्धीकरण परियोजना अघि बढाइएको छ। परियोजनाअन्तर्गत टुकुचा खोलामा बग्ने फोहोर तथा प्रदूषित पानीलाई प्रशोधन (शुद्धीकरण) गरेर मात्र बागमती नदीमा मिसाइने व्यवस्था गरिनेछ। यसबाट नदी प्रदूषण न्यूनीकरण, जल गुणस्तरमा सुधार तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
रास्वपाको ‘हामी सुन्छौँ’ अभियान : दैनिक एक सांसद घन्टीघरमा अनिवार्य उपस्थित हुनुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
साउन १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घन्टीघर’मा अभियान सुरु हुनेछ।
अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दैनिक दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। जसमा कम्तीमा एकजना सांसदको उपस्थिति रहने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।
काम चलाउ अध्यक्षमा निर्भर बिमा प्राधिकरण
बिमा प्राधिकरणकाे अध्यक्ष पद एक वर्षदेखि रिक्त अवस्थामा छ । १२ फागुन ०८१ मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझा २ भदौ ०८२ मा बर्खास्तमा परेका थिए । त्यसपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिका लागि १५–२१ भदौको म्याद राखेर गरेको प्रस्तावमा १४ जनाले आवेदन दिएका थिए । उता ओझाले भने २२ भदौमा आफ्नो बर्खास्तीविरुद्ध रिट दिए । त्यसमा २३ फागुनमा सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
महाधिवेशनका लागि राप्रपाले गठन गर्यो १४ समिति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २६–२८ मंसिरमा हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिहरु गठन गरेको छ। बुधबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति र उपाध्यक्ष हेमजङ् गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति गठन गरेको छ।
नक्कली परिचयका आधारमा लाखाैँ ठगी, काठमाडौंबाट एकजना पक्राउ
रियल स्टेट व्यवसायी तथा मानव अधिकार आयोगको सदस्य हुँ भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
झुटो परिचय दिँदै घरजग्गा मिलाइदिने प्रलोभनमा १६ लाख ठगी गरेको आरोपमा प्रहरीले डोटीको आदर्श गाउँपालिका– ४ स्थायी घर भई काठमाडौं महानगरपालिका– ७ बस्ने हेमराज अवस्थीलाई पक्राउ गरेको हो।