मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २० बुधबार
  • Wednesday, 05 August, 2026
अमुल थापा काठमाडौं
२o८३ श्रावण २० बुधबार १२:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टुकुचाको पानी शुद्धीकरण गरी बागमतीको गुणस्तर सुधार गर्ने परियोजना अघि बढ्दै (फोटोफिचर) 

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २० बुधबार १२:२७:oo

बागमती नदीको पानीको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ टुकुचा खोलाको पानी शुद्धीकरण परियोजना अघि बढाइएको छ। परियोजनाअन्तर्गत टुकुचा खोलामा बग्ने फोहोर तथा प्रदूषित पानीलाई प्रशोधन (शुद्धीकरण) गरेर मात्र बागमती नदीमा मिसाइने व्यवस्था गरिनेछ। यसबाट नदी प्रदूषण न्यूनीकरण, जल गुणस्तरमा सुधार तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

परियोजनाका अनुसार करिब २‍‍‌.५३ हेक्टर क्षेत्रफलमा प्रस्तावित सिवेज प्रशोधन केन्द्र  निर्माण गरिनेछ। यसले टुकुचा खोलाबाट बागमतीमा जाने प्रदूषित पानीलाई प्रशोधन गरी स्वच्छ बनाउनेछ। सम्बन्धित निकायका अनुसार परियोजना सम्पन्न भएपछि बागमती नदीको वातावरणीय अवस्था सुधार हुनुका साथै नदी संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।