एक सातादेखि आन्दोलनमा उत्रिएका नर्स सरकारसँग सहमति भएसँगै नियमित कार्यमा फर्किएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नर्सहरूबिच बुधबार बिहान सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएर उनीहरू काममा फर्किएका हुन्।
नर्स ज्योति रानाभाट नर्सहरूका १५ सूत्रीय साझा मागसहित वीर अस्पतालमा अनशन बसेकी थिइन्। उनको अनशनमा ऐक्यबद्धता जनाउँदै देशभरका नर्सहरूले आन्दोलन थालेका थिए।
उनीहरूले नर्सको सेवा–सुविधा बढाउनुपर्ने, विगतको सम्झौताअनुसार निजी अस्पतालले तलब सुविधा नदिएर कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारीसरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढाइअनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढाइमा विभेद गर्न नहुनेलगायतका माग अघि सारेका थिए।
सरकार र नर्सबिच क्षेत्रगत अधिकारसहितको कार्यदल गठन गरी अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयन गर्ने गरी १९ बुँदे सहमति भएपछि उनीहरू काममा फर्किएका हुन्।
यस्ताे छ सहमतिपत्र :


