राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह शीतलनिवास पुगेर समसामयिक विषयमा राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।
पछिल्लो समय देखिएको साम्प्रदायिक घटनाको विषयमा केन्द्रित भई छलफल भएको स्रोत बताउँछ। तराईका जिल्लामा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्रीले सक्रियता बढाएका हुन्।