सरकारको सदाचार नीतिः विदेशीसँग भेट गर्न परराष्ट्रको स्वीकृति अनिवार्य(पूर्णपाठसहित)

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

विदेशी कुटनीतिज्ञ तथा सरकारी पदाधिकारीहरूसँगको पत्राचार तथा भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने भएको छ। सरकारले सदाचार नीतिमार्फत कुटनीतिक क्षेत्रलाई मर्यादित, र जवाफदेही  अनुशासित बनाउन लागेको हो।   

बिहीबारको मन्त्रिपरिषद्को बैठकले नीति पारित गरेको हो। विगतका सरकारले पनि सदाचार नीतिमा गृहकार्य गरेपनि ल्याउन सकेका थिएनन् । सबै क्षेत्रमा सदाचार प्रबद्र्धनका लागि यस्तो नीति पास गरिएको र कडाईका साथ पालना गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

नीतिमा कुटनीतिक क्षेत्रअन्तर्गत नेपाल सरकारले जारी गरेको कुटनीतिक आचारसंहिता अनुरुप आफ्नो विचार राख्ने तथा सोहीअनुरुप आचरण र व्यवहार गर्ने,  पर्याप्त तयारी तथा परराष्ट्र मन्त्रालयको स्वीकृति लिएरमात्रै दुईपक्षीय र बहुपक्षीय सम्बन्धका संवेदनशील विषयमा धारणा राख्नुपर्ने उल्लेख छ । 

त्यस्तै, विदेशी कुटनीतिज्ञ तथा पदाधिकारीहरूसँग औपचारिक र अनौपचारिक कुराकानी गर्दा र विभिन्न द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा धारणा राख्न नेपाल सरकारको नीति, योजना, घोषणा, निर्णय र कार्यक्रमअनुरुपमात्र राख्ने, नेपालको गोप्य तथा संवेदनशील सूचना विदेशीलाई प्रत्यक्ष र परोक्ष रुपमा उपलब्ध गराउन नहुने, आफ्नो पदको मर्यादा, जिम्मेवारी र कार्यक्षेत्र सुहाउँदो हुनेगरी यथासम्भव समकक्षीसँगमात्र औपचारिक भेटवार्ता गर्ने लगायतका सात विषय छन् । 

सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रुपमा सरकारले यसलाई अघि सारेको छ । सरकारले स्वीकृत गरेको सदाचार नीतिले सार्वजनिक पदाधिकारीहरूको आचरण, सरकारी निकाय, निजी तथा गैरसरकारी क्षेत्रसम्मको सदाचारसम्बन्धी आचारसंहितालाई समेटेको छ । यसले सदाचार प्रवद्र्धनसम्बन्धी छरिएर रहेका कानूनी तथा नीतिगत व्यवस्था, निर्देशिका वा कार्यविधिहरूलाई सामञ्जस्य र अद्यावधिक गर्ने उद्देश्य राखेको छ । अब निकायले आ–आफ्ना विद्यमान आचारसंहिता तथा सदाचार सम्बन्धी नीति, कानूनहरूलाई यस नीति अनुकुल परिमार्जन गर्नु पर्ने पनि भनिएको छ

। नीति कार्यान्वायन भए नभएको अनुगमन र निरीक्षणको काम राष्ट्रिय सतर्कता केन्द्रले गर्नेछ। 

सदाचार नीतिको पूर्णपाठ:

सुझावित समाचार