स्टन्ट र सस्तो राजनीतिक खपतका लागि पौडेललाई पक्राउ गरियोः एमाले

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउको नेकपा(एमाले)ले भर्त्सना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै यसलाई एमालेमाथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार भनेका छन्। उनले भनेका छन्, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ।’ 

सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार सुर्खेतमा पक्राउ गरेको हो। बिचौलिया दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएपछि विभागले उनलाई पक्राउ गरेको हो। सस्तो ’स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि पौडेललाई बदनियतपूर्वक गिरफ्तार गरिएको एमालेको टिप्पणी छ । 

सुझावित समाचार