मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार ०७:५५:००
Read Time : > 1 मिनेट
खेलकुद

विश्वकप क्रिकेट : कसले कति रकम पाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३० सोमबार ०७:५५:००

सन् १९७५ देखि एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको हो । विश्वकपको प्रत्येक संस्करणमा विजेता धनराशी बढ्दै गइरहेको छ । इंग्ल्यान्ड र वेल्सले सयुक्त रूपमा आयोजना गरेको १२औँ विश्वकपको विजेता धनराशी कीर्तिमान रूपमा बढेको छ । १६ जेठदेखि सुरु भएको विश्वकपको विजेताले ४० लाख डलर पाएको छ । नेपाली रूपैयाँअनुसार यो ४३ करोड ६० लाख पाएको छ । यसैगरी उपविजेताले २० लाख डलर पायो ।

नेपाली रूपैयाँअनुसार उपविजेता राष्ट्रले २१ करोड ८० लाख प्राप्त गरेको छ । १० राष्ट्र सहभागी विश्वकपको सेमिफाइनलबाट बाहिरिएको अस्ट्रेलिया र भारतले समान आठ लाख डलर प्राप्त गरेका छन् । न्युजिल्यान्डले भारतमाथि १८ रनको जित निकाली दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको थियो । साबिक विजेता अस्ट्रेलियामाथि इंग्ल्यान्डले सात विकेटको जित निकाली चौथोपटक अन्तिम दुई स्थान सुरक्षित गरेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार प्रतियोगिताको कुल पुरस्कार धनराशी एक करोड डलर रहेको छ । आइसिसीका अनुसार राउन्ड रोविन लिगमा प्रत्येक खेल जित्ने राष्ट्रले ४० हजार डलर पाएका छन् । राउन्ड रोविन लिगमा भारत र अस्ट्रेलियाले समान सात खेलमा जित निकालेका थिए । यी दुवै राष्ट्रले राउन्ड रोविन लिगमा सर्वाधिक जित निकालेका कारण जनही दुई लाख ८० हजार डलर पाएका छन् । यसैगरी आयोजक इंग्ल्यान्डले ६ खेल जित्दै दुई लाख ४० हजार पाउन्ड हात पारे । राउन्ड रोविन लिगमा दुई खेलमा मात्र जितेको दक्षिण अफ्रिकाले ८० हजार डलर पाएको छ । 

प्रतियोगिताको राउन्ड रोविनमा अफगानिस्तानले एक जित पनि निकाल्न सकेन । राउन्ड रोविन लिग पार गर्ने राष्ट्रले बोनसका रूपमा एक लाख डलर पाएका छन् । सन् २००७ मा वेस्टइन्डिजले विश्वकप पहिलोपटक आयोजना गर्दा ४५ दिनसम्म प्रतियोगिता चलेको थियो । यसपटक विश्वकप क्रिकेट ४६ दिनसम्म चल्यो । सेमिफाइनल र फाइनलबाहेक राउन्ड रोविन लिगमा एक दिन पनि ब्रेक भएन । प्रतियोगिता विभिन्न ११ रंगशालामा भएको भएका थिए ।