पाँच वर्षमा ११४ विरुद्ध रेड नोटिस, ५० जना पक्राउ

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

पछिल्लो पाँच वर्षमा नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ११४ जनाविरुद्ध रेड नोटिस जारी गरेको छ । प्रहरीको इन्टरपोल शाखाको तथ्यांकअनुसार ०७९ मा १३, ०८० मा ४१, ०८१ मा ३७, ०८२ मा १८ र ०८३ मा पाँचजनाविरुद्ध रेट नोटिस जारी भएको हो।

यो अवधिमा रेड नोटिस जारी भएका ५० जनालाई पक्राउ गरी नेपाल ल्याएको छ। ०७० मा ६, ०८० मा एक, ०८१ मा १८ , ०८२ मा ११ र ०८३ मा दुईजनालाई विदेशबाट पक्राउ गरी ल्याइएको प्रहरीका सहप्रवक्ता जबरा बताउँछन्।

युएई, कतार, मकाउ, मलेसिया, रोमानिया, कम्बोडिया, ओमान र थाइल्यान्डबाट फरार अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गरी ल्याएको छ। नेपाल प्रहरी इन्टरपोलमा आबद्ध भएयता भने दुई सय ३५ जनाविरुद्ध नेपालको अनुरोधमा रेड नोटिस जारी भएको छ। 

See More On

सुझावित समाचार