गृह मन्त्रालयद्वारा १८ सहसचिवको सरुवा र पदस्थापन, १३ जिल्लाका सिडिओ फेरिए

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयले १८ सहसचिवको सरुवा र पदस्थापन गरेको छ। १६ जनाको सरुवा तथा दुईजनाको पदस्थापन भएको हो। 

सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङ्जा, उदयपुरलगायत जिल्लाका सिडिओ फेरिएका हुन्। 

सरुवामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरिएका छन्। कास्की, धादिङ, सर्लाही, स्याङजा, उदयपुर लगायत जिल्लाका सिडिओ फेरिएका हुन्। 

कास्कीमा कुमान सिंह गुरुङ, स्याङजामा निराजन घिमिरे, धादिङमा लक्ष्मी पाण्डे गौतम, संखुवासभामा ईश्वरी प्रसाद अर्याल, पाल्पामा भविश्वर पाण्डे, नवलपरासी पश्चिममा जगदिश्वर उपाध्याय, सप्तरीमा श्यामकृष्ण थापा, धनकुटामा रुद्रादेवी शर्मा, उदयपुरमा मेघबहादुर मंग्रान्तीको सरुवा भएको छ। 

ओलखढुंगामा टुवराज पोखरल, सर्लाहीमा विजयराज सुवेदी, रामेछापमा बिनु बज्राचार्य कुँवर, सुर्खेतमा धर्मराज जोशीलाई सिडिओको जिम्मेवारी दिइएको छ। 

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा सिर्जना थपलियालाई पठाइएको छ भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको विभागको महानिर्देशकमा कृष्ण पौडेल खटिएका छन्।

 सिइओ पद रिक्त रहेको विपद् प्राधिकरणमा सहसचिव प्रदीप कोइरालालाई जिम्मेवारी दिइएको छ। 

सुझावित समाचार