१३ करोड कर्जा लिंदा धितोमा बदमासी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

बैंकबाट कर्जा लिँदा कृत्रिम कम्पनीको धितो राखेर ठगी गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रकाश(ओपी) पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो। 

पाण्डेले इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटरिनरी साइन्सको नाममा प्रभु बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिएका थिए। डिपिआरसमेत नभएको सो कृत्रिम कम्पनीको सेयरसमेत धितो राखेर उनले कर्जा लिएकोमा पछि नतिरेपछि सो कर्जा खराब सूचीमा परेको छ। उनले अझै १२ करोड कर्जा चुक्ता गरेका छैनन्। 

उनलाई सिआइबीले जानकी मेडिकल कलेजबाटै पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा उच्च अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। 

योजनाबद्ध रूपमा पाण्डेले यसरी कृत्रिम कम्पनी खडा गरी कर्जा लिएको सिआइबीको निष्कर्ष छ । यसमा बैंकका केही कर्मचारीको समेत मिलेमतोको आशंका छ। 

सुझावित समाचार