एसइईको परीक्षामा ३६ सामुदायिक विद्यालयको नतिजा ५० प्रतिशत कम

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियामा एसइईको परीक्षामा ३६ सामुदायिक विद्यालयको नतिजा ५० प्रतिशत कम रहेको पाइएको छ । स्थानीय तहले सामुदायिक विद्यालयको शिक्षामा सुधारको लागि काम गर्दै आएको भन्दै भाषण दिने गरेता पनि एसइईको परीक्षामा ३६ सामुदायिक विद्यालयको नतिजा ५० प्रतिशत कम रहेको पाइएको हो । 

आठ स्थानीय तहमा ८७ सामुदायिक विद्यालयहरू रहेको छन् । शैक्षिक वर्ष २०८२ को एसइईको परीक्षामा सामुदायिक विद्यालयका चार हजार ५१४ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये दुई हजार ६३० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

स्थानीय तहले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क शिक्षादेखि अतिरिक्त कक्षा, कक्षा १० मा पढ्ने विद्यार्थीलाई विद्यालयमा राखेर पढाउने, अभिभावक उत्प्रेरणा कार्यक्रम लगायतका थुपै कार्यक्रम सञ्चालन गर्दा पनि सामुदायिक विद्यालयको नतिजामा  सुधार आउन  सकेको छैन । स्थानीय तहले पनि विद्यालयको पठनपाठन सुधार गर्न र विद्यालयको भौतिक संरचना निर्माणका लागि पालिका र संघसंस्थाले करोडौँको लगानी समेत गर्दा समेत  विद्यालयको नतिजा कमजोर देखिएको छ । 

शिक्षा क्षेत्रको सुधार गर्नका लागि भन्दै सरकारी निकायबाहेक  भेरी वातावरण समुह,  राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब,बेस बर्दिया, थारू महिला उत्थान केन्द्रजस्ता धेरै संघसंस्थाले लगानी गर्दै आएका छन्। जहाँ सरकारदेखि संघसंस्थाको लगानी छ । त्यहाँ एसइईको नतिजा कमजोर रहेको छ। 

राजापुर नगरपालिका रहेको पदम कुमारी माध्यमिक विद्यालय जयपुरले ४१.६७ प्रतिशत, जनचेतना माध्यमिक विद्यालय मंगलपुरले ४१.०३ प्रतिशत,  अमर सहिद दशरथ चन्द्र माध्यमिक विद्यालय राजापुरको विद्यालयले ३५.४४ प्रतिशत नतिजा ल्याएको छ। त्यसैगरी किसान माध्यामिक विद्यालय बदालपुरले २८.५७ प्रतिशत,  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँगाउँले २१.४३ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियानाले १५ प्रतिशत नतिजा ल्याएको छ । भने  कालिका माध्यमिक विद्यालय चनौराले १४.०४ प्रतिशत,  मानपुर माध्यमिक विद्यालय टपराले १०.१७ प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

गुलरिया नगरपालिका रहेको नेपाल राष्ट्रिय शम्भुशरण माध्यामिक विद्यालय खैरापुरले ४३.२४ प्रतिशत,  ध्रुब माध्यामिक विद्यालय तुलसीपुरले ४२.३५ प्रतिशत, कोटही माध्यामिक विद्यालय तुलापुरले ३५.१४ प्रतिशत नतिजा ल्याएको छ । त्यसैगरी नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भैसाहीले  २८.१३ प्रतिशत,  बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालय गुलरियाले २४.४८ प्रतिशत,  नेपाल राष्ट्रिय माध्यामिक विद्यालय प्रयागपुरले २४.३२ प्रतिशत नतिजा ल्याएको छ । भने जानकी माध्यामिक विद्यालय सिरकोइयाले २१.७४ प्रतिशत,  महाकवि देवकोटा माध्यामिक विद्यालय गुलरियाले १६.२५ प्रतिशत र  गौरीशंकर माध्यामिक विद्यालय डल्लापुरले १३.३३ प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । 

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार बढैयाताल गाउँपालिका रहेको ज्ञानज्योति माध्यामिक विद्यालय छत्रनगरले ३८.८९ प्रतिशत, अमरज्योति माध्यामिक विद्यालय सीतापुरले ३२.४३ प्रतिशत विद्याज्योति माध्यामिक विद्यालय कण्ठपुरले २६.३२ प्रतिशत, शारदा माध्यामिक विद्यालय मैनापोखरले २५ प्रतिशत नतिजा ल्याएको छ । त्यसैगरी  सरस्वती माध्यामिक विद्यालय जगतियाले २५ प्रतिशत, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पडरियाले १८.५२ प्रतिशत, दिपज्योति माध्यामिक विद्यालयले डाँफेले १६.६७ प्रतिशत, जगदम्बिका माध्यामिक विद्यालय शान्तिपुरले ११. ११ प्रतिशत नतिजा ल्याएको छ । भने भवानी माध्यामिक विद्यालय सेमराले १०.३४ प्रतिशत नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बढैयाले ९.०९ प्रतिशत र सरस्वती माध्यामिक विद्यालय शिवशक्तिपुरले ४० प्रतिशत नतिजा ल्याएको छ । 

बाँसगढी नगरपालिकामा रहेको  भृकुटी माध्यामिक विद्यालय डेउडाकलाले ४६. ९४ प्रतिशत र जनता माध्यामिक विद्यालय बेलवाले ४३. ०२ प्रतिशत नतिजा ल्याएको छ। ठाकुरबाबा नगरपालिका रहेको बबई शिशु माध्यमिक विद्यालय बर्गदाले ४३ .१८ प्रतिशत र किसान माध्यामिक विद्यालय वनकट्टीले ४२.६२ प्रतिशत नतिजा ल्याएको छ ।

मधुवन नगरपालिकामा रहेको मञ्जुबाटिका माध्यमिक विद्यालय बगालीपुरको विद्यालयले ४४.४४ प्रतिशत र भृकुटी माध्यमिक विद्यालयले चितलको विद्यालयले २६ प्रतिशत नतिजा ल्याएको छ । गेरुवा गाउँपालिका रहेको जानकी माध्यामिक विद्यालय जनकनगरको विद्यालयले ४८.२८ प्रतिशत र पशुपति माध्यामिक विद्यालय पशुपतिनगरको विद्यालयले ४२ प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइमा प्रमुख सूर्यबहादुर खत्रीले बताए ।

See More On

सुझावित समाचार