स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका लागि लिलाम गरेको प्रकरणमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे सर्वाेच्च अदालतको आदेशमा थुनामुक्त भएका छन्। उनलाई सिआइबीले हाजिरी जमानीमा रिहा गरेको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले उनलाई हाजिरी जमानीमा छाड्न भनेको हो। थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले दिएको आदेशमा भनिएको छ।
सरकारको स्वामित्वमा आइसकेको स्मार्ट सेलका सामान कानुन मिचेर लिलाम गरेको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।
बैंकले कर्जा असुलीका लागि प्रक्रिया पूरा गरेरै लिलाम गरेको जनाएको छ।