टी–२० आई क्रिकेट : नेपाल युएईसँग ६ विकेटले पराजित

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल ६ विकेटले पराजित भएको छ। वर्षाका कारण खेल छोट्याएपछि युएई राष्ट्रिय क्रिकेट टोलीले ७८ रनको लक्ष्य पाएको थियो, जुन उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १२२ रन बनाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ रन जोडे।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।  टी–२० आई को दोस्रो खेल भोलि मंगलबार हुनेछ। 

सुझावित समाचार