गैरकानुनी रूपमा अभिलेख सच्याएर लाइसेन्स वितरण, पोखरा यातायातका कर्मचारी र सेवाग्राहीमाथि मुद्दा

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारीचालक अनुमतिपत्र), कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

सरकारी अभिलेख सच्याएर अवैध लाइसेन्स वितरण गरेको अभियोगमा अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आठौँ तहका अधिकृत थापासहित तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र गलकोट नगरपालिका– २ का हिमबहादुर बस्नेत थापालाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरूले हिमबहादुरको नाममा जारी नै नभएको पुरानो सवारीचालक अनुमतिपत्र सरकारी निकायका विद्युतीय एवं कागजातका अभिलेखमा गैरकानुनी तरिकाले सच्याउने, थपघट गर्ने र हेरफेर गर्ने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।

‘सरकारी सार्वजनिक अभिलेखमा झुटा विवरण प्रविष्ट गरी–गराई सोहीबमोजिम २० वर्षसम्म बहाल रहने गरी सवारीचालक अनुमतिपत्रसहितको गलत लिखत तयार गरेको’ अख्तियारले जनाएको छ।

सुझावित समाचार