जेन–जी आन्दोलनमा दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वाेच्च अदालतको आदेशअनुसार उनीहरुलाई बिहीबार हाजिरी जमानीमा छाडिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार स्वास्थ्य जाँचपछि दुवैलाई हाजिरी जमानीमा उपस्थित हुने सर्तमा रिहा गरिएको हो।
ओलीलाई त्रिवि शिक्षण अस्पतालमा आफन्तको जमानीमा उनलाई रिहा गरिएको छ। ओली पक्राउ परेकै दिनदेखि उपचारका लागि अस्पतालमा छन्।
सर्वाेच्च अदाललते गत सोमबार अब ओली र पूर्वगृहमन्त्री लेखकलाई म्याद थप नगर्न परमादेश दिएको थियो ।
रिहा भएपनि उनीहरुमाथि अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ। खोजेको समयमा उपस्थित हुने सर्तमा दुवैलाई थुनामुक्त गर्ने निर्णय प्रहरीले गरेको हो। ओली र लेखकविरुद्ध लापरबाही गरेर ज्यान मार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। जसमा १० वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधान मुलुकी अपराध संहितामा छ। गत १४ चैतमा दुवै जना पक्राउ परेका थिए।