रविको मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, सुनुवाइ पर्सिलाई सर्‍यो

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

रास्वपा सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ नसकिएपछि चैत १२ गते बिहीबारलाई पेसी तोकिएको छ।

लामिछानेलगायत प्रतिवादीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर लगाउँदा पीडितहरूले न्याय पाउने बाटो बन्द हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको थियो। त्यसविरुद्ध सर्वोच्चमा तीन रिट परेका छन्।

सुझावित समाचार