काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका–१२, भोटेबहाल क्षेत्रमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।

कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाह गम्भीर घाइते भएका थिए।

घाइते दुवैजनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा गएराति मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

दुर्घटनामा संलग्न बसचालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीले गरिरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार