ठमेलमा सिआइबीको छापा, सातजना चिनियाँ पक्राउ

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठमेलबाट सातजना चिनियाँलाई पक्राउ गरेको छ। ठमेलको ज्याठास्थित चिनियाँ नागरिक लिउ पानले सञ्चालन गरेको लिउ पान होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी सिआइबीले सातजना चिनियाँलाई पक्राउ गरेको हो। कल बाइपासको अपराधमा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

भिओआइपीमा प्रयोग हुने सामानसहित सिआइबीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो। 

सुझावित समाचार