एमालेले बोलायो सचिवालय बैठक

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आइतबार बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको हो। 

बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। साथै, ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ।
 

सुझावित समाचार