मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ मङ्सिर १६ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ मङ्सिर १६ मंगलबार o९:३३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस नेता गुरुराज घिमिरेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ मङ्सिर १६ मंगलबार o९:३३:oo

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक हुनुलाई कसरी हेर्नुभएको छ ?
हामीले सुरुदेखि नै पार्टीको महाधिवेशनको सुनिश्चितता खोजका थियौँ । एक वर्षअघिदेखि नै हामीले नियमित महाधिवेशनको तयारीका लागि पार्टीलाई बारम्बार घचघच्याउँदै आएका थियौँ । तर, केन्द्रीय समितिले यसबारे सुन्दै सुनेन । नियमित महाधिवेशनका लागि कुनै तयारी सुरु नै गरेन । जेनजी आन्दोलनपछि नेतृत्व बदल्नुपर्ने, नीति परिमार्जन गर्नुपर्ने, पार्टीमा नयाँ पुस्तालाई समेट्नैपर्ने अवस्था आयो । त्यसैले, नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्छ भनेर हामीले बहुमत प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएका हौँ । अहिले नियमित महाधिवेशनको तालिका आएको छ । डेढ महिनापछि यो तालिका ल्याउनुको साटो सुरुमै ल्याइदिएको भए अहिलेसम्म धेरै प्रक्रिया अघि बढिसकेको हुने थियो । तर, महाधिवेशनको तालिकासँगै माघ मसान्तसम्म केन्द्रीय समितिको म्याद थपिनुले केही संशय भने जन्माएको छ । पुस २८ गतेभित्र महाधिवेशन गर्ने भइसकेपछि किन माघ मसान्तसम्मका लागि म्याद थपियो भन्ने प्रश्न उठाएको छ । यो तालिकामा तलमाथि गर्न खोजियो भने विशेष महाधिवेशनको विकल्प छैन । 

निर्वाचनको मुखमा हुने महाधिवेशनले पार्टीलाई कति बलियो बनाउला ?
पार्टीका लागि महाधिवेशन एक महोत्सव हो । प्रतिस्पर्धामा सहभागी भइसकेपछि जित या हारलाई आत्मसात् गरेर अघि बढ्नुपर्छ । त्यसलाई इगोको विषय बनाउनु हुन्न । महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्व आउँछ । नयाँ मान्छे आउँछन् । नयाँ विचार आउँछ । पार्टी गतिशील हुन्छ । यसलाई स्वस्थ प्रतिस्पर्धा बनाउन सकियो भने झगडा र बेमेलको अन्त्य हुन्छ र पार्टी थप बलियो हुन्छ ।

भनेपछि कांग्रेस ‘फ्रेस’ नेतृत्वसहित उत्साहसाथ एकढिक्का भई निर्वाचनमा होमिन्छ, हैन त ?
नयाँ म्यान्डेटका लागि देश उन्मुख भइरहँदा पार्टीमा पनि ‘फ्रेस’ नेतृत्व, विचार र नीतिसाथ नयाँपन आउनुपर्छ । नयाँ नेतृत्वसाथ पार्टी अगाडि आएपछि जनतामा भरोसा र विश्वास जगाउन सकिन्छ ।