मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ कार्तिक १२ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ कार्तिक १२ बुधबार o९:३५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस नेता गुरुराज घिमिरेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ कार्तिक १२ बुधबार o९:३५:oo

अब कांग्रेसमा विशेष कि नियमित महाधिवेशन हुन्छ ?
पार्टीका सम्पूर्ण साथीहरूको भावना समयमै नियमित महाधिवेशन होस्, त्यसमा दायाँबायाँ नगरियोस् भन्ने छ । यो भावना विगत एक वर्षअघिदेखि नै मुखरित हुँदै आएको छ । सबैको चिन्ता, चासो, आग्रह या माग भनेको समयभित्रै नियमित महाधिवेशन होस् भन्ने नै हो । तर, साथीहरूको आवाज मनन गरेर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी तयारी सुरु गर्नुपर्ने नेतृत्वले साथीहरूको आवाज सुन्या नसुन्यै गर्‍यो । नेतृत्व त नियमित महाधिवेशन पर सारेर थप डेढ वर्ष तन्काउने योजनामै थियो । यसैबिच जेन–जी उथलपुथलपछि हामीले नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशन गर्नुपर्छ भनेर तयारी गरेका हौँ । अहिलेकै अवस्थामा निर्वाचनमा जान सकिन्न । त्यसैले, नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनलाई कसैले रोक्न सक्दैन । 

मंसिरमै नियमित महाधिवेशन सम्भव छ त ?
बिल्कुल सम्भव छ । हामीले विगतमा पनि पटकपटक ‘फास्ट ट्र्याक’को बाटो अवलम्बन गरेकै हौँ । छोटोछोटो ‘ग्याप’मा काम भएकै हो । अहिले क्रियाशीलको समस्यै छैन । नवीकरण जिल्लाले गर्ने हो, केन्द्रमा ल्याउनै पर्दैन । कात्तिकभित्रै क्रियाशील टुंग्याउन सकिन्छ । मंसिरभरिमा वडादेखि केन्द्रसम्मका अधिवेशन/महाधिवेशन गर्न सकिन्छ । त्यसैले, इच्छाशक्ति हुने हो भने मंसिरमा नियमित महाधिवेशन गर्न नसकिने प्रश्नै छैन । 

२१ फागुनमा हुने निर्वाचनमा जाँदा कांग्रेस नयाँ र ताजा नेतृत्वसाथ जाला त ?
नयाँ र ताजा नेतृत्वसाथ जान सकिएन भने निर्वाचनमा जनताले कांग्रेसलाई स्विकार्दैनन् । त्यसैले, अब किन्तु, परन्तु नगरी मंसिरभित्रै सक्ने गरी महाधिवेशनको तालिका सार्वजनिक गर्नुपर्छ । नेतृत्वमा दृढ इच्छाशक्ति हुने हो भने मंसिरभित्रै नियमित महाधिवेशन नै गर्न सकिन्छ । तर, यो वा त्यो बहानामा नियमित महाधिवेशनलाई धकेल्ने प्रपञ्च रचियो भने विशेष महाधिवेशनको विकल्प छैन । यसलाई कसैले कुनै पनि बहानामा रोक्न या पर सार्न सक्दैन ।